२ वर्ष आघि विवाह गरेका रीमा र रोबर्टको डिभोर्स, बर्षासँग रोबर्टले गरे इन्गेजमेन्ट


दुई वर्ष अगाडी विवाह बन्धनमा बाधिएकी अभिनेत्री तथा मोडल रीमा विश्वकर्माको वैवाहिक सम्बन्धमा यतिबेला पूर्णविराम लागेको छ। अर्थात् बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी रीमाको सम्बन्धमा विराम लागेको छ। किनकी रोबर्टले बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्वीरले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। हाल काठमाण्डौमा बसोबास गर्ने बर्षा रसाइली मोरङकी हुन् । मोडलिङ हुदै बर्षाले केहि म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन।

दुई वर्ष अघि काठमाण्डौको हायात होटलमा तामझामका साथ नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिबाह गरेकी थिइन्। हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज गरेका थिए। बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन्। रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा रोबर्ट आफ्नो काममा व्यस्त भए। रीमाले सामाजिक संजालमा रोबर्टको परिवारसँग बेलायत घुम्दै गरेको तस्बिर पनि पोष्ट गरेकी थिइन्।

यतिबेला रोबर्टजो एक तस्बिर प्राप्त भएको छ। जुन तस्वरिबाट रोबर्टले बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको स्पस्ट हुन्छ। केही म्यूजिक भिडियोमा समेत काम गरिसकेकी बर्षा मोरङकी हुन् भने उनी हाल काठमाण्डौमा बस्दै आएकी छिन्। रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेपछि कतै रीमा र उनीविच डिभोर्स त भएको अनुमान लगाउन सकिन्छ। रीमाले केही महिना अगाडि रोबर्ट र आफ्नो डिभोर्स हुन लागेको उनी निकट साथीहरुसँग बताएकी थिइन्। यसैले, पनि रीमा र रोबर्टको डिभोर्सपछि रोबर्टले अर्को बिहे गर्न लागेको वुझ्न सकिन्छ।

प्राप्त खबरअनुसार रीमा र रोबर्टविच सहमतिमै २ साता अगाडि डिभोर्स भएको हो। डिभोर्स पश्चात रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेका हुन्। नेपाल आएर उनले रीमासँग सहमतिमै डिभोर्स गरेको श्रोतले बतायो। यसपछि, बर्षा र रोबर्टको शुक्रबार इन्गेजमेन्ट भएको थियो। बिहेको मिति भने तय भएको छैन। इन्गेजमेन्ट गरेर रोबर्ट बेलायत फर्किसकेका छन्। यो खबर अनलाइनखबरले प्रकाशित गरेको छ।

हेर्नुहोस् रीमा र रोबर्टको विबाहका केहि तस्विरहरु

SUBSCRIBE 👉