मन्त्रालयको निर्णयप्रति १२ नेपाली एक चिहानको आपत्ति । सेन्सर बोर्डमा गोठाला शैलीका मान्छे !


12-nepali-ek-chihan

12 Nepali Ek Chihan

ग्ल्यामर नेपाल, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डमार्फत फिल्म सेन्सर बोर्डलाई फिल्म ‘१२ नेपाली एक चिहान’लाई सेन्सर नगर्न निर्देशनात्मक पत्र पठाएपछि फिल्म युनिटले उक्त विषयमा आपत्ति जनाएका छन्। फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले निर्देशकको सिर्जनालाई मार्न लागेको बताए।

फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् ।      फिल्मको पोस्टर हेर्नुहोस्

Arun Pradhan

Arun Pradhan

फिल्मका निर्देशक अरुण प्रधानले मन्त्रालयको चर्तिकलाले आफु १३ नेपाली एक चिहान हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे। उनको फिल्मले २०६१ सालमा इराकमा आतंककारीको आक्रमणबाट मारिएका १२ नेपालीको कथालाई प्रस्तुत गरेको छ। ‘मैले परिवारको अनुमतिमा नै फिल्म बनाएको हुँ, तर अहिले आएर मेरो सिर्जनालाई गर्भमै तुहाउने काम हुन लागिरहेको छ,’प्रधानले भने,‘मेरो फिल्मले जोकोही युवा विदेश जानु अघि एक पटक सोच्नुपर्छ भन्ने सन्देश दिन्छ।’ उनले आफुले घरजग्गा धितो राखेर फिल्ममा लगानी गरेको जनाउँदै केही निहित स्वार्थका लागि मान्छेहरुले फिल्मको सेन्सरमा रोक लगाएको आरोप लगाए।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले सेन्सर बोर्डमा गोठाला शैलीका मान्छेको प्रभुत्व रहेको जनाउँदै फिल्मको मर्मलाई नबुझी र फिल्म नै नहेरी सेन्सर रोक्नु आपत्तिजनक कुरा रहेको बताए। फिल्मका कलाकार राजन खतिवडाले स्रष्टाको सिर्जनाको सही मूल्यांकन गर्न नदिनु मन्त्रालयको ठूलो कमजोरी भएको बताए।

SUBSCRIBE 👉