मिस्टर झोले ट्रेलर


दयाहाङ्ग राई, वर्षा राउत, बुद्धी तामाङ, दिया पुन स्टारर फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज भएको छ। पौष २८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा प्रेम, कमेडी र द्वन्द्वको समिश्रण छ। फिल्मको निर्देशक रामबाबु गुरुङ हुन्। फिल्मको कथा पनि रामबाबु कै हो। कथा पनि रामबाबुकै रहेको छ।

रौनक बिक्रम कडेल कार्यकारी निर्माता रहेको फिल्मका निर्माता टेकेन खड्का हुन्। फिल्ममा दया, बर्षा, दीया र बुद्धी संगै विजय बराल, अरुणा कार्की, प्रविण खतिवडा, कमलमणी नेपाल लगायतलाई ट्रेलरमा फिचर गरिएको छ। फिल्ममा निरु खड्का, लक्ष्मी बर्देवा, सरोज अर्याल, माओत्से गुरुङ पुष्कर गुरुङको पनि अभिनय छ। मिस्टर झोले लाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् भने अर्जुन कार्की, मणिराम पोखरेल र ओमचन्द्र रौनियार सह निर्माता छन्।

SUBSCRIBE 👉