‘साइँली’ र ‘साइँला’ अब ठुलो पर्दामा


गायक हेमन्त रानाको स्वर रहेको गीत ‘साइँली’ गत वर्ष सर्वाधिक रुचाइएको गीत हो। यो गीतको भिडियोमा गौरव पहारी र मेनुका प्रधानले अभिनय गरेका थिय। रोजगारीकालागी विदेशियका एक युवकको मन छुने कथा उजागर गरेको यो गीतले सर्वाधिक चर्चा पायो। अब भने सोहि गीतको शिर्षकमा ‘साइँली’ फिल्म निर्माण हुने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमकामा फिल्मको औपचारिक घोषणा गरिएको छ।

फिल्ममा पनि गीतमा जस्तै गौरव पहारी र मेनुका प्रधानको मुख्य अभिनय रहने छ। त्यसो त अहिलेसम्म पनि गौरवलाई जहिकतै फ्यान तथा सुभचिन्तक मात्र होइन साथी सर्कल’ले भेट्दा पनि ‘साइँला’ को ट्याग पाउँछन् भने ‘साइँली’को उपमा मेनुकाले भेट्दै आएकी छिन्। फिल्ममा गायक हेमन्त र अभिनेता गौरवको मुख्य लगानी रहनेछ। रामबाबु गुरुङले निर्देशन गर्ने यो फिल्म ‘जीएच इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण हुनेछ।

माघ अन्तिम साताबाट फ्लोरमा जाने फिल्मलाई पुर्वी नेपालको धनकुटा जिल्लामा छायाँकन गरिने बताइएको छ। ‘साइँली’मा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्मातामा छन्। गीतको ‘थिम’कै पेरिफेरीमा रहेर फिल्म बन्ने निर्देशक गुरुङले बताए। अभिनेता गौरवले गीत हिट पछि फिल्ममा राम्रो काम गरेर देखाउनुपर्ने चुनौती आफ्नो सामु आएको भन्दै दर्शकको मन जित्ने काम गरिछाड्ने दाबी गरे।

Hemanta Rana Music Video ‘Saili’ Makes Tears on Your Eyes

SUBSCRIBE 👉