सौगात मल्लले जस्मिन श्रेष्ठसँग मर्काए कम्मर, हेर्नुहोस् ‘पञ्चेबाजा’ गीत


सौगात मल्ल अभिनित फिल्म ‘पञ्चेबाजा’को लोक सैलीको एक गीत रिलिज गरिएको छ। न्यू भेनस फिल्मस् को ब्यानरमा निर्मित फिल्म ‘पञ्चेबाजा’मा समावेश पहिलो गीत रिलिज गरिएको हो। भिडियोमा अभिनेता सौगात मल्लले अभिनेत्री जस्मिन श्रेष्ठसँग कम्मर मर्काएका छन्। ‘घिन घिन मादल..’ बोलको गीतमा अञ्जु पन्त र डेविड शंकरको स्वर, विकास चौधरीको संगीत सुन्न सकिन्छ। प्रदिप भारद्वाजले लेखेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्मलाई हरी घले लामाले खिचेका हुन्।

SUBSCRIBE 👉