बिकिनी गर्लहरु सँग विनय श्रेष्ठको मस्ती [भिडियो]


अभिनेता विनय श्रेष्ठ तथा पुर्व मिस नेपाल अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एण्ड मुना’को ‘स्याण्डविच सङ्ग’ रिलिज गरिएको छ। यो गीतको भिडियोमा सृष्टि देखिएकी छैनन्। अमेरिकामा खिचिएको गीतमा विनय विकिनी गर्लहरु माझ रोमान्समा देखिएका छन्। नेपाली र अंग्रेजी शब्द मिक्स गीतको भिडियो पछिल्लो समय सार्वजनिक हुँदै आएका नेपाली फिल्मका गीतहरु भन्दा केहि फरक देखिन्छ। अमेरिकाका सुन्दर दृश्य समावेश गीतमा बिकिनी गर्लहरु संग विनय हट अबतारमा देखिएका छन्। नरेशकुमार केसीले निर्देशन गरेको यो फिल्ममा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी मुख्य भूमिकामा छन्। सार्वजनिक भिडियोको कोरियोग्राफी प्रताप सिंहले गरेका हुन् भने भिडियो निर्देशन उज्जल सिंहले गरेका छन्।

SUBSCRIBE 👉