चलचित्र निर्देशक बन्दै बान्द्रे


bandre
ग्ल्यामर नेपाल, काठमाडौं। विगत ८ वर्ष देखि चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा बान्द्रेको भूमिकामा देखिँदै आएका कलाकार सुरज चापागाई(एसपी)ले फिल्म निर्देशन गर्ने भएका छन्। टेलिफिल्म निर्देशनको अनुभव बटुलिसकेका सुरजले आफ्नै लगानीमा फिल्म ‘मेरो स्कुल’ बनाउन लागेका हुन्।

सुरजका अनुसार फिल्म पूर्णतया कमेडी शैलीको हुनेछ। ‘कला क्षेत्रमा व्यावसायिक काम गर्नका लागि फिल्म क्षेत्रमा आउन लागेको हुँ।’ उनले भने। आगामी जेठ २८ गतेबाट सुटिङ शुरु हुने फिल्ममा सुरजका अलावा सुरवीर पण्डित, सरिता वली, राजेश नाथ र लक्ष्मण पौडेलको अभिनय रहनेछ।

उनका अनुसार फिल्ममा २८ लाखको लगानी हुनेछ। जेएस मिडियाको व्यानरमा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा नै हुनेछ। सुरजले यसअघि सिस्नुपानी, लोडसेडिङ र गाडी नम्बर ४२० निर्माण गरिसकेका छन्।

SUBSCRIBE 👉