सरोज दत्तको ‘कठै बरी’ [भिडियो]


‘जुनी जुनीलाई’, ‘दिन ढल्यो रात बित्यो’, ‘ओठदेखि’, ‘चरी उड्यो आकाश मै भरर’ र ‘भैगो’लगायतका चर्चित गीत दिइसकेका गायक सरोज दत्तको स्वर रहेको गीत ‘कालो बादल (कठै बरी)’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘भयंकर व्याण्ड’को कम्पोजिसन तथा उत्पादनमा यो गीत तयार भएको हो। गीतको भिडियोमा अम्बिका अधिकारी र बाम्बे आने मर्लिन फिचरिङ छन्। उग्रडिजाइन डटकमले सम्पादन र निर्देशन गरेको भिडियो ब्लाक/व्हाईट गरिएको छ। भिडियोलाई व्याण्डले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेको हो। गीतको रेकर्डिङ अमेरिकाको कोलोराडोमा रहेको माउण्ट गोर्खा स्टुडियोमा गरिएको हो।

SUBSCRIBE 👉