तरकारीवाली ‘कुशुम’ अभिनित पहिलो फिल्म ‘लम्फू’को रिलिज मिति तय गरिएको छ। यो फिल्म २०७५ बैशाख २८ गतेबाट अल नेपाल रिलीज हुने भएको छ। कुशुम गत बर्ष तरकारीवालीको नामले चर्चित बनेकी थिइन्। उनका दुई तस्वीर सामाजिक संजालमा भाईरल भएको थियो। यसै फिल्म मार्फत नव-नायक कबिर खड्काले पनि डेब्यू गरेका हुन्। कबिरले ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन्। कुशुम र कबिर सहित यो फिल्ममा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतले अभिनय गरेका छन्।
गोपालचन्द्र लामिछानेले निर्देशन गरेको ‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत गौण छ। समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा फिल्म बनेको छ।
‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन्। निर्देशक लामिछानेले यसअघि पपुलर मल्टिमिडियाका चार फिल्म निर्देशन गरिसकेका छन्। ‘बोक्सी’, ‘द मिरर’, ‘किन लाग्छ माया’ र ‘ओ माई म्यान’ उनले निर्देशन गरेका हुन्।
भूपतिको लेखन रहेको यो फिल्म दिपक बज्राचार्यले खिचेका हुन्, सम्पादन हरि सिलवालले गरेका छन्। अर्जुन पोखरेलको संगीत रहेको यो फिल्मको गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्घा खरेल लगायतको स्वर सुन्न सकिन्छ।
चलचित्र ‘लम्फू’ मा तरकारीवालीको अभिनय । प्राप्त पारिश्रमिक अनाथ बालबालिकाकोलागी