भीमदत्त हेर्न सिनेमाहलमा शीर्ष नेताहरु


bhimdatta
ग्ल्यामर नेपाल, काठमाडौं। डडेल्धुराका क्रान्तिकारी योद्धा भीमदत्तको कथालाई प्रमुख विषयबस्तु बनाएर निर्माण गरिएको फिल्म ‘भीमदत्त’लाई नेपाली राजनीतिका शीर्ष नेताहरुले बिहीबार हेरेका छन्। राजधानीको कुमारी सिनेमामा आयोजित विशेष प्रदर्शनीमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, पूर्व गृहमन्त्री भीम रावल, नेपाल सद्भावना पार्टीका राजेन्द्र महतो, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’लगायतको सहभागिता रहेको थियो।

फिल्म हेरेपछि एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले फिल्मले क्रान्तिकारी योद्धाको कथालाई ज्वलन्त रुपमा प्रस्तुत गरेको बताए। काँग्रेस नेता देउवाले फिल्मले भीमदत्तको वास्तविक चरित्रलाई पर्दामा प्रस्तुत गरेको दाबी गरे। माओवादी नेता वैद्यले फिल्ममा भएको क्रान्तिकारी पक्षको पाटो आफुलाई राम्रो लागेको जनाए।

गोल्डेन आइ फिल्मस्को व्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता नवल खड्का हुन्। हिमग्याप लामा(टासी)ले निर्देशन गरेको फिल्ममा नवलबाहेक सुमिना घिमिरे, निशा अधिकारी, श्रीराम पुडासैनी, सञ्जय खतिवडा, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ।

SUBSCRIBE 👉