निर्देशक रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड


Shiva Regmi

Shiva Regmi

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म सम्बन्धी समाचार सम्प्रेषण गर्दै आएको समाचारमूलक अनलाइन पत्रिका फिल्मीखबर डटकमले राजधानीमा आयोजना गर्न लागेको ‘दोस्रो मिन्स्क अनलाइनखबर फिल्म अवार्ड २०७१’मा गतवर्ष निधन भएका नेपाली फिल्म उद्योगका चर्चित निर्देशक स्व. शिव रेग्मीलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ। अनलाइनले बिहीबार आयोजना गरेको मनोनयनपत्र प्रदान कार्यक्रममा अवार्डका निर्देशक सुरेशदर्पण पोखरेलले निर्देशक रेग्मीले नेपाली फिल्म उद्योगलाई यहाँसम्म ल्याईपु¥याउन गरेको योगदानको कदर गर्दै अवार्ड दिन लागिएको बताए।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

पोखरेलले जेठ २६ गते आयोजना हुने अवार्ड प्रदान कार्यक्रममा निर्देशक रेग्मीको अवार्ड उनकी श्रीमतिले लिने जानकारी दिए। कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, अभिनेत्री करिश्मा मानन्धरलगायतले उत्कृष्ठ ५ को मनोनयनमा परेका कलाकारलाई मनोनयनपत्र प्रदान गरेका थिए।

filmy khabar award  (3)१७ विधामा प्रदान गर्न लागिएको पपुलर अवार्डमा फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, स्कृप्ट, संगीतकार, गीतकार, गायक, गायिका, छाँयाकार, द्वन्द्व निर्देशक, नृत्य निर्देशक, सम्पादक, नवनिर्देशक नवअभिनेता, नवअभिनेत्री र फेसन डिजाइनर छन्। कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुमन गैरेले अवार्ड कार्यक्रमलाई पारदर्शी र भरपर्दो किसिमले सम्पन्न गर्न आफुहरु पूर्ण रुपमा तयार रहेको जानकारी दिए।

SUBSCRIBE 👉