ऋमा र रंजन बिच माया-प्रेमको उतारचढाव, छायाँकार सुनुवारको निर्देशनमा बन्यो यस्तो मनछुने भिडीयो


छायाँकार अमृत सुनुवारको निर्देशनमा मन छुने म्युजीक भिडीयो तयार भएको छ। सार्बजनिक ‘सावन’ बोलको म्युजीक भिडीयोले माया- प्रेम बिचको उतारचढाव देखाउन खोजिएको छ। लामो समय देखि छायांकनमा व्यस्त सुनुवार पछिल्लो समय भने निर्देशनमा समेत उत्तिकै सक्रिय छन्। छायाँकार सुनुवारले निर्देशन गरेको म्युजीक भिडीयोमा ऋमा विश्वकर्मा र रंजन रिजालले अभिनय गरेका छन्। नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा अरुण तिवारीको शब्द र टिका भण्डारीको संगीत सुन्न सकिन्छ। पैसा र प्रेम लाइ देखाईएको भिडीयोमा स्मृति श्रेष्ठको मेकअप र माधब बेलबासेले सम्पादन गरेका छन्।

SUBSCRIBE 👉