वीर राधा शेर्पाले जिते ‘डान्स च्याम्पियन’


भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ को टाईटल वीर राधा शेर्पाले जितेका छन्। ‘डान्स प्लस’ को सिजन ३ को विजेता बनेका आसाम निवासी वीरले ‘डान्स च्याम्पियन’ मा पनि आफुलाई उत्कृष्ट सावित गरे। प्रतियोगितामा सहभागी एमजे 5 ग्रुप, पीयूस भगत, सुशांत खत्री, फैजल खान र वैष्णवी पाटिललाई पछाडी पार्दै वीरले टाइटल जितेका हुन्। पछिल्लो साता मात्र सलमान खान र कट्रिना कैफ गेस्टको रुपमा आउदा उनले ब्याटल जितेका थिए।

स्टार प्लसबाट प्रशारण भईरहेको यस शो मा रिमो डिसुजा र टेरेन्स लुइस निर्णायक छन्। टाइटल जित्ना साथ् वीरले सम्पूर्णलाई धन्यवाद दिए। ‘मैले आफ्नो मेहनत गरिरहे र लाग्छ यो यसैको प्रतिफल हो’ वीर भन्छन ‘तपाइको माया र मेरो मेहनतले अझै प्रगति गर्दै जानेछु।’ उनि ‘डान्स प्लस ३’ को विजेता भएता पनि मुम्बई मा नै डान्सको क्लास लिईरहेका छन्। उनि आफुलाई बलिउडमा कोरियोग्राफरको रुपमा देख्न चाहेको बताउछन।

SUBSCRIBE 👉