बले र कक्रोजले कस्लाई भने ‘माया मै सँग लाइदेउन’?


हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को अभिनय रहेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ। किरण भुजेल र मेलिना राईको स्वर रहेको गीतमा डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ। ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन्। भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन्। गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्। सुरेन बसेलले कोरियोग्राफि र निशान घिमिरेले सम्पादन गरेका छन्।

SUBSCRIBE 👉