‘बटरफ्लाइ’ पौष २८ बाट दर्शकमाझ । आर्यन र प्रियंकाको रोमान्स माथि लाखौको नजर !


पहिलो फिल्म ‘के म तिम्रो होइन र’ बाट अभिनेताका रुपमा चिनिएका आर्यन अधिकारीको दोश्रो फिल्म ‘बटरफ्लाइ’ पौष २८ बाट दर्शकमाझ आउदैछ। डेब्यू फिल्ममा ‘सिक्स प्याक बडी’ तथा अभिनय कलाले धेरैको मन जितेका आर्यन, यो फिल्ममा लभर ब्वाइको रुपमा अभिनेत्री प्रियंका कार्की सँग देखिदैछन्। गत नोभेम्बर १० मा रिलिज गरिएको यो फिल्मको एक गीतमा आर्यन प्रियंकाको रोमान्स हेर्न सकिन्छ। जुन गीतको भिडियो अहिले चर्चामा छ। अहिले सम्म यु ट्युवमा एघार लाख भन्दा बढी पटक हेरिएको गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ।

Butterfly (Colors of Love) Song | Priyanka Karki Aryan Adhikari

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतलाई प्राप्त भएका प्रतिक्रियाहरु हेर्दा फिल्मलाई कैयौँ दर्शकले प्रतिक्षित लेखेका छन्। उत्कृष्ट सम्पादन तथा छायाँकन अनि निर्देशन जोडिएको गीत प्रति सँगसँगै यो फिल्मको यसअघि सार्वजनिक ट्रेलर प्रति दर्शकले देखाएको चासो तथा उत्सुकताले पनि फिल्मलाई प्रतिक्षित फिल्मको सुचीमा कैद गरेको छ।

Nepali Movie Butterfly Trailer | Aaryan Adhikari, Priyanka Karki, Arpan Thapa, Sushma Karki

ओमप्रतिक गुरुङ निर्देशित फिल्मलाई सुरेश बज्राचार्यले खिचेका हुन्। रमेश प्रजापती कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी छन्। मन्दिल श्रेष्ठ र सरोज शाह सह निर्माता हुन्। फिल्ममा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लिड रोलमा छन्। फिल्ममा अर्जुन जिसी र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ।

आर्यन र प्रियंकाको केहि तस्विरहरु हेर्नुहोस्

SUBSCRIBE 👉