स्टाइलिस निलिमाले खोलिन् फेसन स्टुडियो (फोटो फिचर)


neelima-sharma (4)ग्ल्यामर नेपाल, काठमाडौं । स्टाइलिष्ट पहिरनमा हिड्न रुचाउने फेसन स्टाइलिष्ट निलिमा शर्माले राजधानीको नयाँवानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा ‘निलिमाज फेसन स्टुडियो’ खोलेकी छन्। स्टुडियोको सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले शुक्रबार केक काटेर शुभारम्भ गरेकी हुन्।

Grand Opening of Neelima’s Fashion Studio – Photo Gallery

स्टुडियोको उद्घाटन गर्दै करिश्माले नेपाली फिल्म उद्योगका लागि केही काम गर्ने व्यक्तिको रुपमा आफुले निलिमालाई पाएको भन्दै उनको तारिफ गरेकी थिईन्। निलिमाले आफ्नो स्टुडियो फरक किसिमको भएकाले फरक नै शैलीले उद्घाटन गरेको बताईन्। ‘सात वर्ष अघि सिटी सेन्टरमा मैले स्टुडियो खोलेको थिएँ, त्यही स्टुडियोलाई अहिले यहाँ सिफ्ट गरेकी हुँ,’उनले भनिन्,‘त्यो स्टुडियो पनि करिश्माजीले नै रिबन काटेर उद्घाटन गर्नुभएको थियो, त्यसकारण यसपटक अलिक फरक किसिमले कार्यक्रम गरौं भने केक काटेकी हुँ।’ निलिमका अनुसार उनको स्टुडियोमा युवावस्थादेखि वयस्कसम्मकाले लगाउने किसिमका पहिरन छन्। उनको स्टुडियोमा थाइल्याण्ड, चीन, हङकङ, कोरिया र भारतका ब्राण्डेड किसिमका पहिरन राखिएका छन्।

Grand Opening of Neelima’s Fashion Studio – Photo Gallery

निलिमाका अनुसार स्टुडियोमा न्यूनतम २ हजारदेखि अधिकतम ४५ हजारसम्मका लुगा राखिएका छन्। सबै लुगा महिलाका मात्र छन्। फिल्म ‘के यो माया हो’ बाट फिल्म क्षेत्रमा फेसन डिजाइनरको रुपमा प्रवेश गरेकी उनले हालसम्म १३ फिल्ममा फेसन स्टाइलिष्टका रुपमा काम गरिसकेकी छन्। उनी हाल ‘आभाष’ फिल्मको काममा व्यस्त छिन्। उद्घाटन कार्यक्रममा नायक रमेश उप्रेती, गीतकार विकास राणा, नायिका निशा अधिकारीलगायतको उपस्थिति रहेको थियो।

SUBSCRIBE 👉