अनमोल केसीको नयाँ हिरोनी – उपासना!


अनमोल केसी नेपाली फिल्मनगरी हट केक हुन् एतिबेला। यसैले गर्दा पनि उनको गतिविधिमा सर्वसाधारणलाई मात्र नभई मिडियाकर्मीको पनि उत्सुकता उत्तिकै हुने गर्छ। अनमोलको नयाँ प्रोजेक्ट ‘क्याप्टेन’फिल्मको पनि चर्चा चुलिएको छ। यो फिल्म उनकै होम प्रोडक्सन सुपर काजोल फिल्म्सको तर्फबाट भुवन केसी र उनि स्वयमले निर्माण गर्नेछन। दिवाकर भट्टराईको निर्देशनमा तयार हुने फिल्ममा अनमोल एक फुटवल प्लेयरको भूमिकामा देखिने बताईएको छ। तर यो फिल्मको नायिका भने अझै फाइनल भएको छैन तर प्रारम्भिक नाम भने उपासना सिंह ठकुरी हुन आएको बुझिएको छ।

Kyudie🌷

A post shared by | Upasana Singh Thakuri | (@upasana_singh_thakuri) on

उनकै नाम राख्दै निर्माण पक्षले फिल्मलाई विकास बोर्डमा दर्ता गरेको छ। तर निर्देशक दिवाकर नायिका तय नभएको बताउछन। ‘हामीले कुरा गरेका हौ तर उहा फाइनल भएको भने होइन’ निर्देशक भट्टराई थप्छन ‘हामी दुई नायिकाको खोजिमा छौ।’ त्यसो त दर्ता फारममा नाम भएता पनि फेरबदल भने हुन् सक्नेछ। तर अनमोलले नै उपासना कथामा फिट हुने संकेत दिएका छन्। उनले नै उपासनासँग खिचिएको तस्वीर सार्वजनिक गरेका छन्। उपासनाले अनमोलसँगको एक तश्विर समेत इन्स्ट्राग्राममा सेयर गरेको समेत पाइएको छ।

सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको लेखन रहेको फिल्मको छायाँकन फागुन तेस्रो साताबाट हुने चर्चा छ तर अनमोलले आफुलाई खेलाडीको रुपमा तयार हुन् समय लाग्ने भन्दै सहमति जनाएका छैनन्। बुझीएअनुसार अनमोलले असार सम्मको समय प्रशिक्षणको लागि समय माग गरेका छन्।

SUBSCRIBE 👉