‘ओखती’ ले के जादु गर्यो ? मज्जैले नाचे दयाहाङ्ग ! भिडियो हेर्नुहोस्


चलचित्र ‘मिस्टर झोले’मा शमाबेश गरिएको ‘ओखती’ बोलको रमाईलो गीतको भिडियो सिनेमा आर्ट नेपालले आफ्नै यु ट्युव च्यानल बाट रिलिज गरेको छ। गीतमा काली प्रसाद बास्कोटाको शब्द, संगीत र स्वर सुन्न सकिन्छ भने भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ्ग राईको रमाईलो नृत्य हेर्न सकिन्छ। रामबाबु गुरुङ निर्देशित यो चलचित्रको गीतमा दयाहाङसंगै दिया पुन पनि फिचरिङ छिन। विक्रम स्वारको कोरियोग्राफीमा दया र दिया मज्जाले नाचेका छन्। भिडियोलाई रवी न्यौपानेले खिचेका हुन्। गीतमा निमेष श्रेष्ठको सम्पादन छ। पुस २८ मा रिलिज हुने यो चलचित्रमा दयाहाङ र दिया संगै वर्षा राउत, बुद्दी तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय छ। सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा यो चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन्।

SUBSCRIBE 👉