पुन्टे संयमको मायामा एञ्जिला (भिडियो)


punte-parade
ग्ल्यामर नेपाल, काठमाडौं । आजकल उमेर नै नपुगी युवायुवतीहरु प्रेममा पर्छन्। गहिरोसँग प्रेममा परेपछि एकापसलाई छोड्न पनि सक्दैनन्। फिल्म ‘सायद’बाट नायकको रुपमा नेपाली रजतपटमा डेब्यु गरेका नायक संयम पुरीको मायामा नवनायिका एञ्जिला दाहाल हालै डुब्दै गरेको अवस्थामा भेटिईन्। रियल लाइफमा आश्मा दाहाललाई प्रेमिका बनाए पनि संयमले रिल लाइफमा भने प्रदर्शोन्मुख फिल्म ‘पुन्टे परेड’ मा एञ्जिलालाई प्रेमिका बनाएका छन्।

उक्त फिल्मको हालै सार्वजनिक ‘डुब्दै गए म’ बोलको गीतमा यी दुई कलाकारलाई मायामा डुब्दै गरेको अवस्थामा देख्न सकिन्छ। साउन २ बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतमा नरेश भट्टराईको शब्द, ताराप्रकाश लिम्बुको संगीत र बिनोद लिम्बु तथा मेनुका राईको स्वर रहेको छ। यो गीत राजधानीमै छायांकन गरिएको हो।

‘फिल्ममा कमेडीसँगै प्रेम कथा पनि रहेको छ, त्यसकारण त्यही प्रेमयुक्त गीतलाई पहिलोपटक सार्वजनिक गरेका हौं।’ फिल्मका निर्देशक सुबास कोइरालाले भने। फिल्ममा हरि महत, सुरज कोइराला र अनिल अधिकारीको लगानी रहेको छ। एसएलसी पास गरेर कलेज पढन गएका युवाहरुको कथा फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा निलु डोमा शेर्पा, रविन्द्र खड्का, गीता अधिकारी र स्वेता थापाको पनि अभिनय रहेको छ। फिल्ममा नायिका प्रियंका कार्की विशेष भूमिकामा देखिँदैछिन्। फिल्ममा निलु डोमा शेर्पाको कथा र सान बस्न्यातको पटकथा तथा सम्वाद छ।
punte-parade-samyam-puri

SUBSCRIBE 👉