दश लाख भन्दा बढीले चाखे – केकीको ठेकीको दहि


फिल्म ‘हुर्रे’ मा समावेश ‘ठेकीमा दहि’ बोलको गीतलाई दर्शक/स्रोताले मन् पराएका छन्। कमेडी शैलीको डान्सीङ नम्बर गीतको भिडियो डिसेम्बर १ मा यु ट्युवबाट रिलिज गरिएको थियो। यो गीतलाई युट्युब मा १० लाख भन्दा बढी पटक हेरिएको छ। गीतको भिडियो फिल्मका मुख्य पात्रहरु केकी अधिकारी, राजाराम पौडेल र अंकित खड्काले कम्मर मर्काएका छन्। बौद्ध स्तुपा परिसरमा खिचिएको गीतलाई बिक्रम स्वारले निर्देशन गरेका हुन्। गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत र राजन संगै मिलन आमात्यको स्वर सुन्न सकिन्छ। दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको लगानीमा बनेको यो फिल्म फागुन २५ गते रिलिज हुने तयारीमा छ। फिल्ममा यम थापाको लेखन तथा निर्देशन छ।

SUBSCRIBE 👉