गोदावरी पार्कमा पुष्प खड्का र वर्षा शिवाकोटीको जोडी


अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना राइको स्वर रहेको ‘नानी ज्यान’ बोलको गीतको भीडीयो रिलिज गरिएको छ। युट्युव मार्फत रिलिज गरिएको गीतको भिडियो भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन्। फिल्म अभिनयसँगै भिडियोमा पनि उत्तिकै देखिन्छन पुष्प र वर्षा। पुष्प अभिनित फिल्म ‘मंगलम’ रिलिजको पर्खाईमा छ भने वर्षाले ‘भेरै’ फिल्मको सुटिङबाट केहि दिन फुर्सद पाएकी छिन्।

फोटो पत्रकार श्रीधर पौडेलले निर्देशन गरेको भिडियोमा पुष्प र वर्षालाई प्रेम भावमा हेर्न सकिन्छ। गीतमा राजप्रताप केसीको शब्द संगीत सुन्न सकिन्छ। गीतलाई बाबु प्रधानले एरेञ्ज गरेका हुन्। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। एशियन म्युजिकले भिडियोको बजार व्यवस्थापनको काम गरेको छ।

तीन दर्जन बढि गीतहरुमा स्वर संगीत भरिसकेका राजेश बालापनदेखिको पारिवारिक सांगितिक माहोलबाट बाहिर जान सकेनन्। सानो उमेरदेखि नै गीत संगीतसँग जोडिए। नारायणहिटी राजदरबारमा पुर्व राजा बिरेन्द्र परिवार रहँदा दिपेन्द्र सरकारको जन्मोत्सवमा राजपरिवारको अगाडी गायनकला प्रस्तुत गरेको अनुभव पनि राजेशसँग छ।

अष्ट्रेलिया बस्दै आएका राजेशले अष्ट्रेलिया रहँदा नेपाली कला संस्कृति तथा नेपाली कलाकर्मीहरुको पक्षमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्। बुबाकै प्रेरणामा गीत संगीत क्षेत्रसँग जोडिएका उनि देश बाहिर रहे पनि नेपाली कला संस्कृतिबाट टाढा रहन नसक्ने बताउँछन्। युवा अवस्थाको सम्झना सहित आफ्नै जीवन संगीनीलाई समर्पित गर्दै ‘नानी ज्यान’ बोलको गीत लिएर दर्शक/स्रोतामाझ ल्याएको गायकको भनाई छ।

SUBSCRIBE 👉