२ करोड बजेटमा ‘अमेरिका ब्वाईज’को सकियो सुटिङ्ग


२ करोड बजेटमा निर्माण गरिएको चलचित्र ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ। झापा र काठमाण्डौंमा छायांकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो। फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुगेको बताए। बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ। चलचित्र ‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन्। यमूना खरेल र राज केसी चलचित्रका सह निर्माता हुन्।

यो पनि पढ्नुहोस् :
कमेडी फ्लेवरको ‘नेपाली बोईज’मा देखिनेछन् सुनिलदेखि श्रृष्टीसम्म

फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ। कमेडी जनराको चलचित्रलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी छ। निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै बैशाख १४ देखि फिल्म रिलिज गराउने तयारी गरेको थियो। तर उक्त डेटबाट फिल्म केही समय पर सरेको छ। अब यो चलचित्र आगामी जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ।

यो भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉