माघ १९ मा शेरबहादुरले धुम मचाउने


अवकाश प्राप्त एक आर्मी को कथामा बनेको फिल्म हो ‘शेर बहादुर’। निडर, शन्की र बलिया पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो। शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन्। त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ।

फिल्मको टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन्। फिल्ममा सुनिल संगै कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भुमिका छ। एक्शन, रोमान्स, ड्रामा समाबेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन्। आउँदो माघ १९ गते नै फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मका निर्माण टिम प्रचार प्रसारमा जुटेका छन्।

फिल्मको गीत ‘कान्छी मट्याङ्ग ट्याङ्ग ‘ हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण पक्षको भनाई छ। यो फिल्मको अधिकांश दृश्यहरु सेट लगायर खिचिएको निर्माण पक्षको दावी छ। जुन सेट तयार गर्न मात्रै २५ लाख भन्दा बढी खर्च गरिएको बताईएको छ। फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन्।

SUBSCRIBE 👉