माघ ५ गते, ‘द सुपर मोडल नेपाल–२०१८’ ग्राण्ड फिनाली


प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले आयोजना गर्न लागेको ‘द सुपर मोडल नेपाल–२०१८’ दोस्रो संसकरणका लागी ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन्। एतिबेला प्रतिस्पर्धीहरु प्रशिक्षणमा व्यस्त छन्। ४७ जनामध्ये एकले सन् २०१८ को ‘द सुपर मोडल नेपाल’को उपाधि जित्नेछन्।

‘द सुपर मोडल नेपाल’का प्रतियोगीहरुलाई आवश्यक प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले दिइरहेका छन्। प्रतियोगीहरुको ‘फोटोजेनिक’ सबटाइटलका लागि फोटोसुट सम्पन्न भइसकेको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा माघ ५ गते राजधानीमा सम्पन्न हुने आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले जानकारी दियका छन्।

SUBSCRIBE 👉