हेटौडामा हवल्दार सुन्तलीको डोला डोला हात


shilpa pokhrel

shilpa pokhrel

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित निर्माता छविराज ओझाले आफ्नो छविराज ओझा प्रोडक्सन्को तेस्रो प्रोजेक्ट ‘हवल्दार सुन्तली’को सुटिङ सोमबारबाट शुरु गरेका छन्। अहिलेसम्म बनाएका फिल्ममध्येकै महंगो प्रोजेक्टका रुपमा मानिएको फिल्मको सुटिङ ‘तिम्रा डोला डोला हात’ बोलको गीतको कोरियोग्राफीमा हेटौंडाबाट शुरु गरिएको हो।

निर्माता ओझाका अनुसार हेटौंडाको भुटनदेवी मन्दिरमा बिहान पुजासागै मुहुर्त गरेर फिल्मको सुटिङ शुरु गरिएको हो। ‘हामी यहाा १० दिनसम्म सुटिङ गर्छौ, त्यसपछि बााकी भाग काठमाडौंमा नै गर्छौ ।’ निर्माता ओझाले भने। नायक किशोर खतिवडा र नायिका शिल्पा पोखरेलको नृत्य रहेको गीतको कोरियोग्राफी कविराज गहतराजको छ। फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। करिब एक करोडको लागतमा निर्माण हुन लागेको फिल्मको सुटिङको काम ४० दिनमा सकिनेछ।

जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरी जवान सुन्तली धामी प्रहरीबाटै बलात्कृत भएको समाचार सार्वजनिक भएपछि छविले यही विषयलाई प्राथमिकतामा राखेर फिल्म बनाउन लागेका हुन्। फिल्ममा नायिका शिल्पा हवल्दार सुन्तलीको भूमिकामा छिन्। नायक सविन श्रेष्ठ पनि फिल्मका कलाकार हुन्। शिवम अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द्व, दीपक शर्माको संगीत र मदनकास्यप घिमिरेको छायांकन रहेको छ। छविले नै निर्माण गरेको र नवल नेपालले निर्देशन गरेको फिल्म ‘लज्जा’ कार्तिक ७ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ।

SUBSCRIBE 👉