यूरोपमा खिचिएको चलचित्रमा गौरव, पवित्रा र बुद्धिको मस्ती


फ्रान्स, बेल्जियम लगायतका देशमा छायाँकन गरिएको चलचित्र ‘होलिडे’का केहि तस्बिरहरु बाहिरिएका छन्। यूरोपका विभिन्न रमणिय स्थानमा खिचिएको चलचित्रका तस्बिरहरु सार्वजनिक गरे संगै निर्माणपक्षले चलचित्रको प्रचार शुरु गरेको हो। निर्देशक बसन्त निरौलाले यो चलचित्र निर्देशन गरेका हुन्। चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन। कमेडी ड्रामा आधारित यो चलचित्रमा गौरव पहारि, वुद्दि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारको अभिनय छ।

यो चलचित्रको छायांकनका लागि ९ जनाको टोली यूरोप पुगेको थियो । यूरोप छायांकनको व्यवस्थापनको जिम्मा श्याम श्रेष्ठले गरेका थिए। बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मन्दिरा श्रेष्ठ, तेजेन्द्र क“डेल, हरि कार्कीको लगानी छ भने दिनेश कालिराज यसका कार्यकारी निर्माता हुन्। चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन्। चलचित्रमा यूवराज चौलागाई र अमित श्रेष्ठको संगीत छ। सार्बजनिक भएका तस्विरहरु भिडियो स्लाईड सो मा हेर्नुहोस्।

SUBSCRIBE 👉