‘आसुसेन फिल्म्स’ले सर्ट फिल्म प्रतियोगिता आयोजना गर्ने


चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत २ जस्ता चलचित्र निर्माण गरिसकेको आसुसेन फिल्मस्ले ए. एस. एफ सर्ट फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। यो प्रतिस्पर्धा नयाँ प्रतिभावानहरुलाई चलचित्र क्षेत्रमा मौका दिने उद्देश्यका साथ आयोजना गर्न लागेको हो। आयोजकले प्रकाशित प्रेस विज्ञप्तिका अनुसार यो प्रतियोगीतालाई दुइ चरणमा बिभाजन गरिएको छ।

पहिलो चरणमा फिल्मको स्क्रिप्टर स्टोरिलाइनबीच प्रतिस्पर्धा गराईने छ। पहलो चरणमा छानिएका स्क्रिप्टर स्टोरिलाइनमा निर्मित फिल्महरु विचको प्रतिस्पर्धा दोस्रो चरणमा हुनेछ। पहिलो चरणका प्रतियोगीहरुले आफ्नो फिल्मकोको स्क्रिप्ट फागुन १ गते भित्र आयोजक को कार्यालयमा अथवा ईमेल [aasusenfilms@gmail.com] मा पठाइसक्नु पर्ने र यसको नतिजा फागुन १५ गते प्रकाशन गरिने बताईएको छ।

पहिलो चरणको प्रतियोगिताबाट छानिएका उत्कृष्ट १० प्रतियोगीलाइ फिल्म निर्माणका लागि जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ र फिल्म निर्माणका लागि २ महिनाको समय दिइने बताईएको छ। प्रतियोगीहरुलाई फिल्म निर्माण सम्बन्धि प्रशिक्षण समेत दिइनेछ। प्रतियोगीले निर्माण गरेको फिल्म वैशाखको १५ गतेसम्म आयोजकलाई उपलब्ध गराउनु पर्नेछ। उक्त फिल्म आसुसेन फिल्म्सको युट्युब च्यानल मार्फत रिलिज गरिनेछ।

प्रतियोगिताको अन्तिम परिणाम भदौ १३ गते प्रकाशित गरिने छ। विजेताहरु निर्णायक मण्डलबाट छानिनेछन्। विजेताहरुलाई ५ भिन्नाभिन्नै विधामा पुरस्कार दिइनेछ। निर्णायक मण्डलबाट उत्कृष्ट कलाकार, उत्कृष्ट पटकथा, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ भने जुन फिल्मलाई युट्युबमा सबै भन्दा बढी हेरिनेछ, उक्त फिल्मलाई ’पब्लिक चोइस’ अवार्ड दिइनेछ। विजेता सबैलाई आसुसेन फिल्मस् प्रोडक्सनबाट आगामी दिनमा निर्माण हुने चलचित्रहरुमा काम गर्ने मौका समेत दिइने आसुसेनले जनाएको छ।

SUBSCRIBE 👉