‘लिली बिली’को गीत: स्कटल्याण्डको चिसोमा प्रदिप र जसिताको रोमान्स


प्रदिप खड्का अभिनित फिल्म ‘लिलिबिली’को रोमान्टिक गीत रिलिज गरिएको छ। ‘इज इट लभ’ (के माया यहि हो) बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। स्कटल्याण्डको रमणिय स्थानमा यो गीतको छायाँकन गरिएको छ। भिडियोमा फिल्मका नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको रोमान्टिक पलहरु हेर्न सकिन्छ। मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म वैशाख १४ गतेबाट प्रदर्शन हुनेछ।

यो गीतमा एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द, प्रताप दास र मेलिना राइको स्वर छ। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुदिप बरालले खिचेका हुन्। फिल्ममा प्रदिप र जसिता संगै प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारले पनि अभिनय गरेका छन्।गोविन्द शाही र सुदिप खड्काको लगानी रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, चन्द्र पन्तको एक्सन छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉