‘मिस्टर भर्जिन’ मा छुल्ठिमको ठुम्का, सकियो छायाँकन


यौन मनोविज्ञान कथा माथि निर्माण भएको फिल्म ‘मिस्टर भर्जिन’ मा नायिका छुल्ठिम गुरुङलाई अब आइटम गीतमा हेर्न सकिने भएको छ। फिल्मको यो आईटम गीतको छायाँकन गरे संगै सम्पूर्ण छायांकन सकिएको छ। गीतमा छुल्ठिम सँग नायक गौरव पहारी र कमलमणि नेपालले पनि कम्मर भाँचेका छन्। करिब १ करोडको लगानीमा फिल्मको छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ।

विशारद बस्नेतको निर्देशनमा निर्माण भईरहेको यो फिल्ममा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय गरेका छन्। वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माणाधीन ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतले मिलेर लगानी गरेका छन् भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन्।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे र मिस्टर प्रिन्सको संगीत छ। फिल्मलाई मिलन डी. काप्रीले सम्पादन गर्दैछन् भने फिल्मकोको टेक्निकल सुपरभाइजरका रुपमा दशरथ गिरी रहेका छन्। तीन युवाको यौन मनोविज्ञान कथामा आधारित यो फिल्म २०७५ सालको बैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षको भनाइ छ।

SUBSCRIBE 👉