अभिलाषा शर्मालाई ‘द सुपर मोडल नेपाल–२०१२८’को उपाधि


‘द सुपर मोडल नेपाल–२०१२८’को उपाधि अभिलाषा शर्माले जितेकी छन्। शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ४४ जनालाई उछिन्दै अभिलाषाले उपाधि आफ्नो शिरमा पारेकी हुन्। अभिलाषाले शीर्ष उपाधिसहित नगद २५ हजार तथा विभन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। उनले फोटोजेनिक सवटाइटल पनि जितेकी छिन्।

प्यासिकफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस दोस्रो संस्करण हो। यस संस्करणमा फस्ट रनरअप देश्ना केसी भए भने सेकेण्ड रनरअपको उपाधि साइरा घिमिरेले जिेकी छन्। उनीहरुले पनि उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गरे। प्रतियोगीहरु आईआईएफटीले बागबजारले तयार गरेको आर्कषक पहिरनमा प्रस्तुत भएका थिए।

अन्तिम प्रतिस्पर्धाका लागि फोटोग्राफर राजभाई सुवाल, होम दवाडी, डा. बिजेशराज घिमिरे, उज्वलकृष्ण श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, भरत आचार्य र मिलन शाक्य निर्णायक थिए।

रोजिन शाक्यले कोरियोग्राफी गरेको ‘द सुपर मोडल नेपाल’मा सुजातन खत्रीले मिस पर्सनालिटी, जिना तामाङले मिस बेस्ट वाक, सुस्मिता शाक्यले मिस डिसिप्लिन, प्रनिशा पोखरेलले बेस्ट फिगर र संस्कृति पौडेलले मिस फेण्डशीपको सवटाइटल उपाधि जिते। त्यस्तै, प्रतियोगितामा रश्ना मर्हजन मिस स्माइल, लोप्साङ लामा, बेस्ट स्किन, सुप्रिया थापा बेस्ट स्टाइलिस्ट, प्रमिला सिलवाल बेस्ट ड्रेस र निलिशा शाहीले मिस कन्फिडेन्ट उपाधि पाए।

सदर्शन सुबेदीको इभेन्ट संयोजत्वमा आयोजित कार्यक्रममा गायक रुकमान लिम्बू र गायिका प्रकृति थलङले गीतसंगीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। रुकमानले ‘तिमीलाई म के भनुँ’ बोलको गीत प्रस्तुत गर्दा दर्शक मन्त्रमुध्न भएका थिए भने गायिका प्रकृतिले ‘उड्दै छ यो मेरो मन’ र ‘बादलसँगै’ बोलको गीत प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भइन्। रुकमान र प्रकृतिको गीतमा मन्त्रमुध्न भएका दर्शक मोडल तथा अभिनेत्री निशा पोमु लिम्बूको नृत्यले गर्माएको थियो। कार्यक्रमले आफुले सोचेको भन्दा बढी सफल भएको आयोजक संस्थाका अध्यक्ष फपु तेन्जिङ शेर्पाको भनाई छ।

READ IN ENGLISH – CLICK HERE

SUBSCRIBE 👉