वृद्धाश्रमका वृद्धवृद्धालाई नेपाली फिल्म


elder-home-at-pashupati

A female resident of the home with signs of severe mental illness lays on the floor of a communal area. poor diagnosis of mental conditions often leads to illnesses going untreated. Photo Source: Dan Giannopoulos / fotovisura.com

ग्ल्यामर नेपाल, काठमाडौं । वृद्धाश्रममा बस्ने वृद्धवृद्धाको दैनिकी निकै सकसपूर्ण नै हुन्छ। मनोरञ्जनको माध्यम सहज उपलब्ध नहुँदा पनि उनीहरुले कष्टपूर्ण दैनिकी नै बिताउनुपर्छ। यही कुरालाई मध्यनजर गर्दै नेपाल फिल्म सोसाइटीले मंगलबारबाट राजधानीको पशुपतिनाथमा रहेको वृद्धाश्रममा बस्ने वृद्धवृद्धालाई नेपाली फिल्म देखाउने काम शुरु गरेको छ।

सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार दुई वर्ष अघि स्थापित संस्थाले त्यही समयदेखि नै वृद्धवृद्धालाई फिल्म देखाउने योजना बनाएको थियो। ‘वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको मोनोटोनस लाइफ हुन्छ, त्यसकारण उनीहरुलाई त्यो तनावबाट मुक्त गराउन पारिवारिक, धार्मिक, सामाजिक किसिमको फिल्म देखाउनेछौं,’मल्लले भने,‘ फिल्मले उहाँहरुलाई मनोरञ्जन पनि दिने भएकाले पनि हामीले यो काम थालेका हौं।’ उनका अनुसार प्रत्येक महिनाको तेस्रो मंगलबार वृद्धवृद्धाहरुलाई फिल्म देखाइनेछ। मंगलबार उनीहरुलाई मल्लकै फिल्म ‘लगनगाँठो’ देखाइएको थियो।

वृद्धाश्रममा करिब २ सयको हाराहारीमा वृद्धवृद्धा रहे पनि अशक्तलाई भने फिल्म देखाउन समस्या भएको मल्लले बताए। ‘केही वृद्धवृद्धाहरु खाटबाट ओर्लन नसक्ने अवस्थाको पनि हुनुहुँदो रहेछ, त्यसकारण उहाँहरुलाई फिल्म देखाउन समस्या परेको छ।’ मल्लले भने,‘केही समय पछि अन्य स्थानका वृद्धाश्रम तथा जेलमा पनि फिल्म हेराउने सोचमा छौं।’

SUBSCRIBE 👉