केकी अधिकारीको ‘सि ओ डब्लु, काउ…’


अभिनेत्री/निर्मात्री केकी अधिकारीको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ‘सि ओ डब्लु, काउ…’ बोल रहेको गीतको भिडियो रिलिज भएको छ। उनले बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा आफ्नो लगानीमा निर्माण भएको फिल्मको यो गीत सार्वजनिक गरेकी हुन्। विवाहको थिममा तयार गरिएको यो गीतमा संगीतकार राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। गायनमा राजनराजलाई मेलिना राईले साथ दिएकी छन्। गम्भीर विष्टले कोरियोग्राफी गरेको नृत्यपरक गीतमा ऋमा विश्वकर्मा, गम्भीर विष्ट, विनोद न्यौपाने र केकीले कम्मर मर्काएका छन्।

पोस्ट-प्रोडक्सनमा रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, ऋमा विश्वकर्मा बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ। आगामी नयाँ वर्षको बैशाख महिनामा प्रदर्शनमा ल्याईने निर्माण टिमको योजना छ।

SUBSCRIBE 👉