पत्रकारिता सस्पेन्स ड्रामा ‘साढे ७’ – गायक सत्यराजको सशक्त अभिनय

राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध कथामा आधारित फिल्म हो – ‘साढे ७’। गायक सत्यराज आचार्य यो फिल्ममा मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकारहरु को पनि भूमिका छ। मल्टिस्टारर फिल्मलाई साम्तेन भुटियाले लेखन एवं निर्देशन गरेका हुन्।

बरिष्ठ पत्रकार युवराज घिमिरेको केमियो भूमिका समेत रहेको फिल्मलाई पत्रकारिता ड्रामाको रुपमा समेत हेर्न सकिन्छ। नेपाल पत्रकार महासंघ, अन्तरास्ट्रिय पत्रकार संघ (आइएफजे)ले केही वर्षपहिले मधेशलाई पत्रकारको लागि असुरक्षित र जोखिम क्षेत्रको रुपमा उल्लेख गरेका थिए। ट्रेलरमा फिल्मका मुख्य पात्रको मानसिक तनाव देखाईएको छ। फिल्मको दोस्रो ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्।

सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माता हुन्। यो फिल्मको संगीत, निर्माण, पोस्टप्रोडक्सन, पाश्र्वगायन लगायतमा चर्चित गायक सत्य स्वरुप सक्रिय छन्। फागुन ११ गते यो फिल्म रिलिज हुँदैछ।

SUBSCRIBE 👉