‘वडा नम्बर ६’ का लागि तितो सत्यबाट बाहिरीदै दिपक


Deepak Raj Giri

Deepak Raj Giri

ग्ल्यामर नेपाल, काठमाडौं । हाँस्यकलाकार दीपकराज गिरीको नाम लिने बित्तिकै आम दर्शकलाई उनले निर्देशन र निर्माण गरेको चर्चित हाँस्य टेलिश्रृंखला ‘तितो सत्य’को सम्झना आउँछ। यो चर्चित टेलिश्रृंखलाका चर्चित कलाकार केही महिनादेखि टेलिभिजनको पर्दामा देखिएका छैनन्। टेलिभिजनमा नदेखिएपछि दर्शकमा कौतुहलता पनि बढेको छ, कतै उनले टेलिश्रृंखला त छाडेका छैनन ?

‘मैले पर्दामा अभिनय चाहिँ अहिलेको गरेको छैन, त्यसको निर्देशन चाहिँ गरिरहेको छु,’सुपरहिट फिल्म ‘६ एकान ६’का प्रमुख नायक तथा निर्माता दीपकले भने,‘कलाकारको हैसियतले पर्दामा म बढी एक्सपोज भएँ, विशेषत ६ एकान ६ को बेला अत्यधिक एक्सपोज भईयो, जसले गर्दा आम दर्शकमा मोनोटोनस बढेको पनि पाइयो, त्यसो त पर्दामा बढी आउनु र कम आउनु पनि हानिकारक नै हो। त्यसकारण अझै ३-४ महिना तितो सत्यमा हुन्न।’ दीपकले टेलिश्रृंखलाको केही केही भागमा एकदुईपटक आफु उपस्थित हुने बताए।

दीपाश्री निरौला र निर्मल शर्मासँग मिलेर बनाएको पहिलो फिल्म ‘६ एकान ६’ सुपरहिट भएपछि दीपक यही टोलीसँग मिलेर बनाउन लागेको अर्को फिल्म ‘वडा नम्बर ६’को स्क्रिप्टमा व्यस्त छन्। उक्त फिल्मको सुटिङ भदौबाट शुरु हुँदैछ।

SUBSCRIBE 👉