पल शाह र आँचल शर्मा फिचरिङ्ग ‘शत्रु गते’को रमाईलो भिडियो – पिरतीको बर्को…

‘शत्रु गते’ फिल्मको पहिलो गीत ‘रुपै मोहनी’ लाई दर्शक स्रोताले औधी रुचाएपछी फिल्म निर्माण पक्षले दोस्रो गीत ‘पिरतीको बर्को’ रिलिज गरेको छ। फिल्मका कलाकार र पहिलो गीतको चर्चाले प्रतिक्षित बनेको फिल्मको यो दोस्रो गीतमा पल शाह र आँचल शर्मा फिचरीङ छन्। गीतमा अर्जुन भट्टराईको शब्द, कालिप्रसाद बास्कोटाको स्वर र संगीत सुन्न सकिन्छ।


‘शत्रु गते’ फिल्मको पहिलो गीत ‘रुपै मोहनी’ लाई दर्शक स्रोताले औधी रुचाएपछी फिल्म निर्माण पक्षले दोस्रो गीत ‘पिरतीको बर्को’ रिलिज गरेको छ। फिल्मका कलाकार र पहिलो गीतको चर्चाले प्रतिक्षित बनेको फिल्मको यो दोस्रो गीतमा पल शाह र आँचल शर्मा फिचरीङ छन्। गीतमा अर्जुन भट्टराईको शब्द, कालिप्रसाद बास्कोटाको स्वर र संगीत सुन्न सकिन्छ। ‘रुपै मोहनी’ हेर्न यहाँ क्लिक गर्नुहोस्।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजानिक गरिएको हो। गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ। रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेलले संयुक्त रुपमा यो फिल्ममा लगानी गरेका छन्। फिल्मका कार्यकारी निर्माता किरण केसी हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल शाह र आँचल शर्माको जोडीको अभिनय छ।

फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ। दीर्घ गुरुङले खिचेको फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ। मह सञ्चारको ब्यनारमा निर्माण गरिएको यो फिल्ममा राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिन्छ।

यो गीतका बारेमा यसो भन्छन फिल्मका निर्देशक तथा कलाकार

मदनकृष्ण श्रेष्ठ – फिल्ममा निर्माणसंगै अभिनय पनि छ मेरो। यस फिल्मको भूमिकामा मलाइ अघिल्ला भन्दा केहि फरक पक्कै पाउनु हुनेछ। सम्पूर्ण टिमले नै फिल्म राम्रो बनाउने मेहनत गरेका छौ । दर्शकलाई मनोरंजनसंगै समय र पैसाको सदुपयोग हुने फिल्म तयार गरेका छौ।

हरिवंश आचार्य – गीतलाई राम्रो बनाउने प्रयास गरेका छौ। अघिल्लो गीतमा म लगायत हामी सबै थियौ भने यसमा पल र आँचल मात्र छन्। गीतमा हामीले केहि सम्झाता गरेका छैनौ। गीतमा पल र आँचल निकै मेहनत गरेका छन्। फिल्म निर्माणमा पनि हामी केहि समयको अन्तरालमा आएका छौ। बीचमा हामी अपडेट पनि हुन् नसकेको हो कि भन्ने आभास पनि भएको थियो, यसैले गर्दा शत्रु गते आउँन केहि समय लाग्यो। फिल्मलाई दर्शकले रुचाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौ।

प्रदीप भट्टराई – हामीले सार्वजनिक गरेको पहिलो गीत ’रुपै मोहनी’ लाई दर्शकले रुचाइ रहदा आउने दोस्रो गीत फितलो हुनु हुदैन भन्ने टीमको नै मान्यता थियो। यसैले गर्दा पनि सबैले सकेको मेहनत यसमा गरेका छौ। हामीले गीतमा पल र आँचलको माया र मित्रतालाई झल्काउने कोसिस गरेका छौ। गीतको कोरियोग्राफी प्रवीनजीले निकै राम्रोसंग गर्नु भएको छ।

पल शाह – गीतमा काम गर्दा निकै रमाइलो भयो। आँचलसंग म्युजिक भिडियो र फिल्ममा काम गरिसकेकोले कम्फर्ट नै भयो, छायाँकनको क्रममा। गीत सुन्दा नै रमाइलो लागेको थियो, भिजुअलमा कसरि दर्साउने भन्ने चिन्ता थियो। हामी सबै टीम बसेर कन्सेप्ट तयार गर्यौ। सबैले सक्दो मेहनत गरेका छौ। अघिल्ला गीत भन्दा यसमा मेरो र आँचलको केमेष्ट्री केहि फरक देख्नु हुन्छ भन्ने मलाई लागेको छ।

आँचल शर्मा – यो टीमसंग काम गर्दा सहज त भयो नै साथै उहाहरुको जर्नीले केहि सिकाएको पनि छ। निकै रमाइलोसंग फिल्मको छायाँकन सक्यौ भने यतिबेला त्यसको रिजल्टले मलाइ पनि उत्साही बनाएको छ। गीत सुन्दा जति रमाइलो थियो, हेर्दा भिडियो पनि त्यतिकै बलियो बनेको छ जस्तो लाग्छ। माया गर्ने जोडीको माया र त्यसमा आउने उतारचढावलाई यसमा देखाइएको छ।

SUBSCRIBE 👉