टम क्रुजको दमदार एक्सन: हेर्नुहोस् ‘मिसन इम्पोसिबल : फलआउट’ ट्रेलर


टम क्रुजको सिरिज ‘मिसन इम्पोसिबल’ को नयाँ ट्रेलर रिलिज भएको छ। छैठौ सेरिजको नाम ‘मिसन इम्पोसिबल : फलआउट’ राखिएको छ। फिल्मको ट्रेलरमा अभिनेता क्रुजले आफ्नो एक्सन दमदार रुपमा प्रस्तुत गरेका छन्। ५५ बर्षिय यी अभिनेताको एक्सनले फ्यानलाई खुसि बनाउनेमा दुई मत छैन। क्रिस्टोफर मक्क़ुअर्रिएको निर्देशनमा तयार भएको फिल्ममा हेनरी कैविल, साइमन पेग, रेबेक फर्ग्यूसन, विंग रेम्स, शॉन हैरिस, एंजेला बैसेट, वैनेसा किर्बी, मिशेल मोनाहन, एलेक बाल्डविन, वेस बेंटले र फ्रेजरिक शिमिट लगायतको कलाकारको अभिनय छ। फिल्म जुलाई २६ मा रिलिज हुनेछ।

SUBSCRIBE 👉