दीपक दीपाले कसेकै हुन् त लगनगाँठो!


हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला एकापसमा मिल्ने साथी हुन्। अविवाहित दीपाश्री र विवाहित दीपकराजको घनिष्ठताले कहिलेकाँही उनीहरुको वास्तविक सम्बन्ध के हो भन्ने प्रश्न पनि चलिरहन्छ। हालै यो जोडी वैवाहिक जीवनमा बाँधिएको तस्वीर सार्वजनिक भयो।

तर उनीहरुको यो तस्बीर भने वास्तविक होइन। उनीहरुले अभिनय गरेको सर्ट फिल्म ‘हुन्नरी’मा यो जोडीलाई दुलाहा दुलही रुपमा दर्शकले हेर्न सक्नेछन। सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको फिल्ममा दीपक र दीपा प्रेमीप्रमीकाको रुपमा देखिएका छन्।

शारीरिक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा विधवा महिलाको भूमिका देखिएकी छिन्। समाजलाई चुनौति दिँदै यि दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएको विषयलाई फिल्ममा देखाइएको छ।

SUBSCRIBE 👉