नरेन लिम्बु निर्देशित कमल के क्षेत्रीको म्युजिक भिडियो


गायक कमल के क्षेत्रीको स्वरमा एउटा प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक क्षेत्रीले सफ्ट पप शैलीको ‘माया गर्छु…’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उक्त गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत सुन्न सकिन्छ। शैलेन्द्र एम प्रधान उक्त गीतका संगीत संयोजक हुन्। नरेन लिम्बुद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ तथा रवि आरएनको अभिनय छ। कुमुस पछिल्लो समय रंगमञ्चमा सक्रिय भएकी कलाकार हुन्। बिनय कंशाकार यो भिडियोका सम्पादक हुन्।

SUBSCRIBE 👉