अष्ट्रेलियामा छायाँकन गरिएको रोमान्टिक म्युजिक भिडियो


माया प्रेमका थिम अंगाल्दै अष्ट्रेलियामा छायाँकन गरिएको ‘म सधै ’ बोल रहेको गीतको म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धर प्रेमी प्रेमीकाको रुपमा देखिएका छन्। सन्दीप श्रेष्ठले निर्देशक गरेको भिडियो बिभिन्न आकर्षक लोकेसनमा छायाँकन गरिएको छ। स्वेदशमा थुप्रै म्युजिक भिडियो बनाएका निर्देशक श्रेष्ठले बिदेशमा बनाएको भिडियो यो पहिलो हो। सुवानी मोक्तानको शब्द तथा संगीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ। टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायाँकन गरेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉