पर्शुराम रिजालको गीतलाई किन गरियो रेखा थापालाई समर्पित?


गायक पर्शुराम रिजाल एउटा रमाइलो म्युजिक भिडियोका साथ दर्शक/स्रोता माझ आएका छन्। ‘रेखा थापाले…’ बोल रहेको यो गीत नायिका रेखा थापा प्रति समर्पित गरिएको छ। भिडियोमा अभिनेता बिनोद न्यौपाने तथा समुहले आकर्षक नृत्य तथा अभिनय गरेका छन्। सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा क्रूभी ब्वाइजे आकर्षक नृत्य प्रस्तुत गरेको छ। कृष्ण राज भण्डारीको शब्द तथा संगीत सुन्न सकिने गीतमा उदयराज पौडेलको संगीत संयोजन छ। अर्जुन तिवारीले खिचेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका हुन्।

कसरी बन्यो यो गीत ? किन गरियो रेखा थापालाई समर्पित ?
नायिका रेखा थापाप्रति यो गीत समर्पित हुनुको पछाडि आफ्नै रमाइलो प्रसंग छ। गायक पर्शुराम रिजालका अनुसार आठ वर्षअघि सुनसरी तरहराका एक युवकले अहिलेकी जल्दीबल्दी नायिका रेखा थापालाई एउटा प्रस्ताव लेखेर पठाए– ‘मैले रेखा थापा सँग बिहे गर्न के गर्नु पर्छ ?’ ती युवकले कान्तिपुर पब्लिकेशन्सको साप्ताहिक पत्रिकामा प्रकाशित हुने नायिका रेखा थापाको लभगुरु स्तम्भमार्फत उक्त जिज्ञासा पठाएका थिए।

वास्तवमा ती युवकले एक जना केटीलाई मन पराएका थिए, तर प्रेम प्रस्ताव राख्न नसकेर नायिका रेखा थापा संग प्रेम प्रस्ताव राख्ने आईडिया बताईदिन साप्ताहिकमा पत्राचार गरेका थिए। तीन पटकको प्रयासमा पनि साप्ताहिकमा उनको जिज्ञासा प्रकाशित नभ​एपछि उनले पुनः स्तम्भकार नायिका लभगुरु रेखा थापालाई नै आफ्नो बनाउन मैले कसरी प्रस्ताव राख्ने भन्ने जिज्ञासा राखे। ‘कृपया उत्तरको आशमा छु भनेर पठाए, तर त्यसको पनि उनले उत्तर पाएनन्, उल्टै साप्ताहिकको त्यो स्तम्भ नै बन्द भयो।

लभ गुरुलाई जिज्ञासा राख्ने तीनै युवक हुन् कृष्ण राज भण्डारी, जसको शब्द तथा संगीतमा लामो समयपछि गीत बन्यो–‘बिहे गर भन्छिन् आमाले, फकाई रहन्छन् बाबाले, बिहेकै लगन मात्रै हेर्छन् घरकाले, मेरो दिलमा बसेकीले मलाई मन परेकीले, अहिले सम्म उत्तर दिईन रेखा थापाले’। गीतकार भण्डारी भन्छन्– ‘गायक पर्शुराम रिजालस“गको भेटपछि गीत रेकर्डिङ्गको लागि नायिका रेखा थापासँग अनुमति प्राप्त भयो, अनि मात्र मेरो बास्तबिक कथाको गीत बजारमा आउन सफल भयो।’

हेर्नुहोस् – नायिका रेखा थापालाई समर्पित रमाइलो म्युजिक भिडियो

SUBSCRIBE 👉