शिल्पाद्वारा नेत्रदानको घोषणा


shilpaबलिउड अभिनेत्री शिल्पा सेठ्ठीले नेत्रदान गर्ने घोषणा गरेकी छन्। शिल्पा पति राज कुन्द्रा र पिता सुरेन्द्र सेठ्ठीका साथ बिहिबार महाराष्ट्रको अहमदनगर जिल्लाको सोनाई गाउँस्थित शनि शिंगनापुर मन्दिरको दर्शक गर्न आउँदा सामाजिक संस्था यशवन्त सामाजिक प्रतिष्ठानको लागि आफ्नो आँखा दान गर्ने घोषणा गरेकी हुन्।

नेत्रदानका लागि नायिकाले औपचारिक रुपमा फाराम पनि भरेकी थिईन्। ‘मेरो निधन पश्चात मेरो आँखा केही काम लाग्ने अवस्थामा हुँदैन,’ उनले भनेकी छन्,‘यदि मेरो आँखाले कसैलाई उज्यालो दिन्छ भने म त्यसमै सन्तुष्ट हुनेछु।’ उनले भनेकी छन्। उनले आफ्नो बहिनी शमिताले पनि नेत्रदान गर्ने निर्णय गरेको खुलाएकी छन्।

SUBSCRIBE 👉