श्वेताको ‘कान्छी’ देशैभर हाउसफूल, श्वेता सँगै दया पनि पुगे हल


श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउस फूल भएको खबर छ। शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गरेको छ। हलमा दर्शकहरुको भिड थामिनसक्नु रहेको जानकारी प्राप्त भएको छ। दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी र निर्देशक आकाश अधिकारी गोपिकृष्ण र अष्टनारायण हल पुगेका थिय। जहाँ दर्शकहरुले कान्छीको जय-जयकार गरे। दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाड मँछाड गरेको दृश्य रमाईलो थियो।

चावाहिलको गोपिकृष्ण हलमा कान्छीको टिकट सकिए पछि दर्जनौं दर्शकहरु हल बाहिर बस्न बाध्य भए। चार वटा हल हाउसफूल भएपछि दर्शकले ब्ल्याकमा पनि टिकट पाएनन्, वितरक गोपाल कायस्थले भने, कान्छीको यो ओपनिङ सुपर हिट फिल्मको हो। कान्छी हेर्न लामो समय सम्म दर्शक हलमाआउने समेत वितरक कायस्थले अड्कल काटेका छन्।

करिब ८० वटा हलमा लागेको कान्छी हेर्न विशेषतः पारिवारिक दर्शकको संख्या बढी देखिएको छ। श्वेताले भनिन् – ‘कान्छीलाई सबैले मायागर्नु भएको छ, सबैप्रति कृतज्ञ छु।’ प्रदर्शन अगावै लगानी सुरक्षित गरेको कान्छीको नेपालको व्यापार सबै नाफाको हो।

SUBSCRIBE 👉