‘शत्रु गते’को ‘रुपै मोहनी’का निम्ति १ करोडको केक!


चलचित्र ‘शत्रु गते’ को गीत ’रुपै मोहनी’ लाई दर्शक/स्रोताहरुले खुबै मन पराएका छन्। गत डिसेम्बर २९ मा युट्युब बाट रिलिज गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक हेरिएको छ। एक करोड भन्दा बढी पटक हेरिएपछि चलचित्र निर्माण पक्ष खुशी हुँदै फिल्ममा अभिभावक तथा निर्माता मह सञ्चारका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठ र ‘ह’ अर्थात् हरिवंश आचार्यको उपस्थितिमा केक काटेर खुशी सेयर गरेको छ।

खुशी उत्सव कार्यक्रममा कलाकारहरु दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा संगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए। सोहि अवसरमा पल शाहको जन्मोत्सवलाई पनि सेलिब्रेट गरियो। केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गर्यो।

‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन्। हरिवंश आचार्यको कथा रहेको फिल्मको पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। फिल्म चैत्र ९ मा रिलिज हुनेछ।

SUBSCRIBE 👉