अर्जुन पोखरेलको संगीतमा आश लाग्दो गीत ‘संगै जिउने संगै मर्ने’


संगीतकार अर्जुन पोखरेल प्रेम भाव बोकेका गीत संगीत क्रियशन गर्न माहिर मानिन्छन। उनले यस्तै शैलीमा बनाएका गीतहरु ‘तिमि रोएको पल’, ‘भन्छु आज मनका कुरा’, ‘म यस्तो गीत गाउछु’ जस्ता गीतहरु लोकप्रिय छन्। यसैक्रममा एतिबेला उनैले संगीत गरेको एक गीत ‘’संगै जिउने संगै मर्ने’ गीत चर्चामा छ। चलचित्र ‘लम्फु’मा समाबेस यो गीतको भिडीयो भने रिलिज गरिएको छैन तर यसकोअडियो नै चर्चामा छ। गीतको भिडियो रिलिज भएपछी यो गीतलाई धेरै दर्शक स्रोताले मनपराउनेमा दुई मत छैन।

यो गीतमा गायीका अप्सरा घिमीरे र सुरेस लामाको सुमधुर आवाज सुन्न सकिन्छ। अप्सराले नहेर यसरी, कसम खाएपछि,भेटियौ लगायतका हिट गीतहरुमा स्वर भरिसकेकी छिन् भने सुरेसले केही समय अघि चलचित्र ‘जोनी जेन्टलमेन्ट’को लागि गाएको ‘काया पलट’ हिट भैसकेको छ। संगै जिउने संगै मर्ने गीतलाई हालसम्म २ लाख भन्दा धेरै पटक यु ट्युवमा अबलोकन भईसकेको छ।

SUBSCRIBE 👉