साईकलमा पापड बेच्दै हिंडे ऋतिक रोशन!


बलिउड अभिनेता ऋतिक रोशन हालका दिनमा सामाजिक सञ्जालमा राम्रै छाएका छन्। सामाजिक सञ्जालमा फैलिएको एक तस्वीरमा ऋतिकलाई चिन्न मुस्किल पर्छ। किनकी त्यो तस्वीरमा उनलाई साइकलमा पापड बेचिरहेको अवस्थामा देख्न सकिन्छ। बलिउडका कामूक हिरोको उपमा पाइसकेका ऋतिकको यो लुक्स देख्दा जोकोही पनि चकित परेका छन्।

उनी अरु केही कारणले नभई उनको नयाँ फिल्म ‘सुपर ३०’को कारण सामाजिक सञ्जालमा छाएका हुन्। यो फिल्मको हाल धमाधम छायांकन भइरहेको छ। यो फिल्म आईआईटीको प्रवेश परीक्षाको तयारी गर्ने चर्चित संस्थान पटनाको ‘सुपर ३०’ का संस्थापक गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित छ। यो फिल्ममा ऋतिकको लुक्सलाई दर्शकले निकै चासोपूर्वक हेरेका छन्।

फिल्मको सुटिङ हालका दिनमा जयपुरमा चलिरहेको छ। यसको केही भाग वनारसमा छायांकन भइसकेको छ। केही दिन अघि मात्र ऋतिकले फष्टलुक सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यो फिल्ममा ऋतिक पहिलोपटक शिक्षकको भूमिकामा देखिँदैछन्। फिल्मको निर्देशन विकास बहल गरिरहेका छन्। ‘सुपर ३०’ यसै वर्षको नोभेम्बरमा रिलिज हुनेछ।

SUBSCRIBE 👉