‘जय शम्भु’ घोषणा : बर्षाकालागी प्रशान्त र अनुप, को होला पर्फेक्ट?

चलचित्र “जय शम्भु” घोषणा गरिएको छ। जुना फिल्म्सको ब्यानरमा निर्माण हुनलागेको यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका रहने छ। रुपेश तामाङको निर्देशनमा निर्माण हुन् लागेको यो चलचित्रमा दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटीले संयुक्त रुपमा लगानी गरेका छन्।


Anoop Bikram Shahi , Barsha Siwakoti & Prasant Tamrakar | Image Courtesy: Kushal Ghatani

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र “जय शम्भु” घोषणा गरिएको छ। जुना फिल्म्सको ब्यानरमा निर्माण हुनलागेको यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका रहने छ। रुपेश तामाङको निर्देशनमा निर्माण हुन् लागेको यो चलचित्रमा दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटीले संयुक्त रुपमा लगानी गरेका छन्।

चलचित्र घोषणा सँगै छायाँकन शुरु गरिएको यो चलचित्रबाट रोशन महर्जनले डेब्यु गर्दैछन्। ४५ दिन सम्म छायाँकन हुने फिल्म काठमाडौं र अन्नपूर्ण बेष्ट क्याम्पमा खिचिने निर्माण पक्षले बताएको छ।

एक्शन लभस्टोरी जनरामा निर्माण हुने फिल्म हरि घले लामाले खिच्दैछन्। चलचित्रमा श्री श्रेष्ठको एक्शन, रामजी लामिछानेको कोरियोग्राफि रहनेछ। फिल्मको कलाकारहरुले पारश्रमिक भन्दा बढि विषयवस्तु राम्रो भएको कारण नयाँ टिमसाग पनि फिल्म गर्न मञ्जुर भएको बताएका छन्। आगामी बर्षको श्रावण १ गते रिलिज टार्गेट गरिएको चलचित्रमा प्रदिप कँडेल र अर्जुन पोखरेलको संगीत रहने बताईएको छ।

SUBSCRIBE 👉