‘द प्रिन्स’ निर्माण घोषणा, शिबु संग कशिशको जोडी


एन पी फिल्म्स प्रोडक्सनको ब्यानरमा नेपाली कथानक चलचित्र “द प्रिन्स ” निर्माण हुने भएको छ। राजधानीमा एक कार्यक्रमका बीच चलचित्र “द प्रिन्स” को निर्माण घोषणा गरिएको छ। निर्देशक मदन घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्रमा बिष्णु शिवाकोटीको लगानी रहने बताईएको छ। यो चलचित्रको लागि नव कलाकारको रुपमा नव नायक शिबु भित्रिदै छन्।

मोडलिंग र कलाकारितामालागी परेका शिबु कुशल खेलाडी पनि हुन्, उनि बिगत १० बर्ष देखि मार्शलआर्ट र जिम्नाष्टिकको राम्रो खेलाडी हुन्। अभिनयको साथै डान्समा पनि उत्तिकै पारङ्गत शिबुले केहि म्युजिक भिडियोहरुमा काम गरि सकेका छन्।

बिराटनगरका शिबु ले यो चलचित्रमा मोडल कशिस दाहाल संग स्क्रिंन शेर गर्दैछन। सम्राट थापाको कथा तथा संगीत रहने यो चलचित्रमा द्वन्द निर्देशन सम्राट बस्नेतको रहने छ। रामसरण उप्रेतीले खिच्ने यो चलचित्रमा शिबु र कशिसको संगै सरोज खनाल, मनिषा पाण्डे, निशा केशी भण्डारी र महेन्द्र मैनाली लगायतका कलाकारहरुको प्रमुख अभिनय रहने छ। चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहने छ।

निर्देशक मदन घिमिरेका अनुसार आधुनिक परिवेश, प्रेम, रोमान्स, घात, बिस्वासघात, त्याग, रहश्य र मनोरंजनको सेरोफेरोमा यो चलचित्र रहने छ। घिमिरेको निर्देशनको हिशाबले यो २९ औ चलचित्र हो।

SUBSCRIBE 👉