फेसन स्टाईलिश निलिमाको म्युजिक एल्बम सार्वजनिक हुँदै


neelima-sharma काठमाडौं, निलिमा शर्मा पछिल्लो समयकी चर्चित व्यस्त फेसन स्टाईलिश हुन्। उनको प्रवेशसँगै नेपाली फिल्मको कस्ट्युम स्टाईलिश निकै आकर्षक बनिरहेको चर्चा छ। उनको सुन्दर मुहार र सरल स्वभावको प्रसंशा गर्ने पनि धेरै छन। यसरी फेसन स्टाईलिङ्गमा शिखर चुमिरहेकी निलिमाको अब सुमधुर स्वर पनि सुन्न पाइने भएको छ। उनको पहिलो एल्बम ‘निलिमा’ आउँदो नेपाली नयाँ वर्षको अवसरमा बजारमा उपलब्ध हुने भएको छ।

निलिमाले यो एल्बमका लागी चार वर्ष अगाडि नै गीतहरु रेकर्ड गराइसकेकी छिन। तिन वटा गीतको त म्युजिक भिडियो नै तयार भइसकेको छ। तिन वटै म्युजिक भिडियोमा उनी आफैंले मोडलिङ गरेकी छिन। अब दुई वटा गीतको म्युजिक भिडियो बनाउने तयारी गरिरहेको उनले जानकारी दिएकी छिन।

‘निकै मेहनत गरेकोले एल्बम आउन ढिला भएको हो,’ उनले भनिन्, ‘आउँदो नयाँ वर्षमा एल्बम दर्शक/श्रौतालाई उपहार दिँदैछु।’ एल्बमका गीतहरुमा शब्द तथा संगीत काली प्रसाद बास्कोटाको रहेको छ। उनले फेसन स्टाईलिश जस्तै आफ्नो गायकी पनि दर्शक/श्रौताले मन पराइदिने विश्वास व्यक्त गरिन।

SUBSCRIBE 👉