कहिले र कुन शहरमा ‘शत्रु गते’ कलाकारहरुलाई भेट्ने?


गीत / संगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर गर्ने भएको छ। मोफसलका दर्शक तथा सञ्चारकर्मीसंग भेटघाट गर्ने उदेश्यले फिल्मको मोफसल टुर गर्न लागिएको हो। ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यो यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन।

फिल्मका उल्लेखित कलाकारहरुले टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन्। ‘शत्रु गरे’ टुर समूह २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा पुग्नेछ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो। प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा छ। पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्।

फिल्मको छायाँकन दिर्घ गुरुङ र सम्पादन मित्र गुरुङले गरेका हुन्। दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मका निर्माता हुन्। फिल्म चैत्र ९ मा रिलिज हुनेछ।

फिल्मको ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉