यो आँखाको के भर…! अभिनेत्री सारा शिर्पाली अभिनित म्युजिक भिडियो


चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रोशन गुरुङ आफैंले अभिनय गरेका छन्। पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन्।

पोखराका गायक रोशन गुरुङको स्वमा रेकर्ड भएको ‘यो आँखाको के भर…’ शीर्षकको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक गरेको हो। गीतका शब्दहरु शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना गरेका हुन्। साहास शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन्। निशान घिमिरेद्वारा सम्पादन गरिएको भिडियोलाई सरोज अधिकारीले छायांकन गरेका हुन्। दर्शन रानाभाटले निर्मँण संयोजन गरेको भिडियोमा साजन कोइरालाले ड्रोन सञ्चालन गरेका छन्। भिडियो हेर्नुहोस्।

अभिनेत्री सारा शिर्पालीको सुन्दर तस्विरहरु हेर्नुहोस्

महेश प्रधानले खिचेका यी तस्विरहरु कान्तिपुर साप्ताहिक बाट साभार गरिएको हो।

SUBSCRIBE 👉